कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित
कैलाली | मंसिर ९, २०७९
कैलाली: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।
नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए ।
यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् ।
पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए । र, देउवा पनि एमालेका दुर्गाप्रसाद जोशीलाई पराजित गर्दै विजयी भइसकेका छन् ।
कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

